site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले भारतको अरुणाचललाई समेटेर जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं । चीनले भारतको अरुणाचललाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल पनि समेटिएको हो ।

सोमबार जारी गरिएको नक्सालाई चीनले ‘स्ट्यान्र्डड म्याप’ बताएको छ । नक्सामा अरुणाचल प्रदेश र अक्साई चीनलाई फेरि एकपटक चीनको हिस्सा देखाइएको छ ।

नयाँ नक्सामा दक्षिणी चीन सागर र ताइवानलाई पनि चीनको हिस्सा देखाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जालमा नयाँ नक्सा सार्वजनिक गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “चीनको २०२३ को स्ट्यान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा लन्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रोइङ्ग मेथड’को आधारमा बनाइएको हो ।”

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको केही दिनपश्चात् चीनले उक्त नक्सा सार्वजनिक गरेको हो । भेटमा दुई देशका नेताले सीमा विवादका विषयमा पनि छलफल गरेका थिए ।

यसअघि, अप्रिल २०२३ मा चीनको नागरिक मामिलासम्बन्धी मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमति दिएको थियो ।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ । चीनले अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा कब्जा जमाएको आरोप भारतले पनि लगाउँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro