site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरको रिसोर्टमा नाबालिगको ‘बलात्कार’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् ।

१७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro