site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका काम कुर्सी टिकाउनका लागि नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै उनले निराशावादी भाष्यलाई चिर्न सरकारले राम्रो काम गरेको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

शाहले ‘कुर्सी टिकाउन र दलहरूलाई ‘साइज’मा ल्याउन भुटानी शरणार्थी, गौर हत्याकाण्ड, गिरीबन्धु टी स्टेटको विषय उठाएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

“सरकारका यी काम कुुर्सी टिकाउनका लागि होइन । बरु, देश र जनता, राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन भन्ने निराशावादी भाष्य चिर्न,” उनले भने, “सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको स्थापित गरिएको छ ।”

Global Ime bank

सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत, कानुनी सुधारका कार्य अघि बढाएको उनले बताए । उनले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरिएको उल्लेख गरे ।

अनुसन्धानका निकायलाई दोषी नउम्किऊन् र निर्दोष नफसून् भन्ने निर्देशन दिइएको उनले बताए । अनुसन्धानका क्रममा प्रधानमन्त्री नै प्रकरणमा संलग्न देखिए पनि नछोड्न निर्देशन दिइएको उनले जानकारी गराए ।

“यदि, अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने मैले सार्वजनिक रूपमा भन्दै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

सबै भ्रष्टाचार प्रकरणलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । छानबिनमा आफ्नो र पराई भनेर विभेद नगरिएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय