site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसीका उपाध्यक्ष आज काठमाडौं आउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन अलफोर्ड नेपालको तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै छन् ।

एमसीसीको ५० करोड अमेरिकी डलर सहयोगमा नेपालमा सञ्चालन हुने आयोजनाको बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन सुरु गरिँदै छ । सोही कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र एमसीसीबीच ०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीसीले नेपालका सडकको मर्मतसम्भार, सुधार र विद्युत् प्रसारणलाइनको विकासमा ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार ती आयोजना सम्पन्न गर्न नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

एमसीसी सम्झौता पाँच वर्षको रहेको छ । उक्त अवधिमा सम्झौतामा तोकिएका कार्य सम्पन्न गर्नुपर्नेछ ।

Global Ime bank

यहाँ रहँदा एमसीसी उपाध्यक्ष अलफोर्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !