राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले निकट भविष्यमा हुने चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गति लिने बताए ।
“नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाकाको सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्,” उनले भने ।
चीन भ्रमणका क्रममा सडक, ऊर्जा, कृषि, विज्ञान प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रका विषयमा छलफल गरिने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्