site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन दिन बाढीको जोखिम न्यून
तनहुँस्थित सेती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । अबका तीन दिन प्रमुख र मझौला नदीहरूमा जलसतह घट्दो हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो अवधिमा प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहनेछ ।

Argakhachi Cement Island Ad

आज इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर काभ्रेपलाञ्चोक, गोरखा, कास्की, पर्वत, लमजुङ, बागलुङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालीकोट भई बहने केही साना नदीहरूमा भने बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

dasg1693280720.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्