site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विवेकशील साझा पार्टीको वाग्मती प्रदेश अध्यक्षमा खड्का

काठमाडौं । विवेकशील साझा पार्टीको वाग्मती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन् । खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका छन् ।

सदस्यहरूमा प्रेमप्रसाद वस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषणकुमार श्रेष्ठ चयन भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्