देश

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
माछापुच्छ्रेको इदिखोलाबाट पोखरा आउने क्रममा बलेरो जिप मर्दीपुलनजिकै दुर्घटनामा परेको हो ।
घाइतेमध्ये दुईजनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य सात जना सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
जिप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्