site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–५, पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, दशरथचन्द नगरपालिका–५, आइतका ४३ वर्षीय केशवदत्त लेखक (लछु) मृत भेटिएका छन् । दशरथचन्द–५ को कार्यालयनजिकै केशव मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार शनिबार घरबाट निस्किएका केशव आइतबार बिहान मृत फेला परेका हुन् ।

केशवको मृत्युको कारण खुल्न नसकेको उनले जानकारी दिनुभयो । “शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ,” उनले भने, “परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्नेछ ।”

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro