site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभामा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गरेकी हुन् ।

Argakhachi Cement Island Ad

उनले ‘विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरे ।

त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भीर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक भदौं १८ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्