site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अभिनेता सारुकका बुवा सानु ताम्राकारको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार सानु ताम्राकारको निधन भएको छ । पुत्रवियोगका कारण अस्पताल भर्ना भएका उनको आज (शनिबार दिउँसो ३ः२० बजे निधन भएको हो । 

नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल थापाथलीमा उपचारका क्रममा उनको निधन भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बिहान ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । “भोलि बिहान ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम छ । त्यहीँ अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एक घण्टा राखिनेछ,” संघका अध्यक्ष निरौलाले बाह्रखरीसँग भने ।

विसं २००६ सालमा जन्मिएका सानुले ‘मोहनी’, ‘आँधी तुफान’, ‘छोरो’, ‘वासुदेव’, ‘जिन्दगी’, ‘दशगजा’लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । टेलिचलचित्रमा समेत काम गरेका उनी चलचित्र कलाकार संघमा पनि लामो समय आवद्ध थिए । उनले संघको कार्यवहाक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी नृत्यका कुसल प्रशिक्षकसमेत थिए । 

Global Ime bank

सानुका छोरा अभिनेता सारुक ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । छोरा सारुकले आत्महत्या गरेपछि तनावमा रहेका उनी त्यसको केही समयपछि नै अस्पताल भर्ना भएका थिए । 

दिवगंत सारुकले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पनि सानु विरामी भएका कारण उपस्थित हुन सकेका थिएनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय