site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशीसँग हुनुपर्छ : हरिवंश आचार्य
फाइल तस्बिर ।

काठमाडौं । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी सिनेमासँग हुनुपर्ने बताएका छन् । शनिबार चलचित्र ‘महाजात्रा’ प्रदर्शनको ५१औँ दिनका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले ‘महाजात्रा’ दुई/तीन हलमा एक सय दिनसम्म पनि चल्न सक्ने अनुमान गरे । ५१औँ दिनसम्म देशभरका १३ सिनेमा हलमा उक्त चलचित्र प्रदर्शन भइरहेको उनले जानकारी गराए ।

उनले नेपाली चलचित्रको प्रतिस्पर्धा स्वदेशीसँग नभई विदेशी सिनेमासँग हुनुपर्नेमा जोड दिए । अर्बौँ खर्चिएर बनाइएका चलचित्रलाई करोड रुपैयाँ लगानीका नेपाली सिनेमाले जित्नुपर्ने उनले बताए ।

“...हामीले प्रतिस्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो । विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरूले धेरै पैसा, अर्बौँअर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ,” उनले भने, “हाम्रो मुख्य प्रतिस्पर्धा विदेशी चलचित्रसँग हो । स्वदेशी चलचित्रसँग हामी प्रतिस्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ ।”

चलचित्र निर्माताले मिठो पकाएर पस्किए मात्र दर्शकले रुचाउने उनले टिप्पणी गरे । “दर्शकले जे पस्किएर दिए पनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन,” उनले भने, “आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ । दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro