site stats
बाह्रखरी :: Baahrakhari
खेल
दिल्लीलाई हराएपछि बेंगलुरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

आइतबार एम चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमात्र बनाउन सक्यो ।

Argakhachi Cement Island Ad

दिल्लीका कप्तान अक्षर पटेलले ५७ रन बनाए पनि टिमको हार टार्न सकेनन् । साइ होपले २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ र राशिक सलामले १० रन थपे । 

बेंगलुरुका यस दयालले तीन विकेट लिए । ३.१ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । लोकी फर्गुसनले दुई विकेट लिँदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो । 

बेंगलुरुका रजत पटिदरले ५२ रन बनाएका थिए । विल ज्याक्सले ४१, क्यामरुन ग्रिनले ३२, विराट कोहलीले २७ र महिपाल मोरुरले १३ रन थपे ।

दिल्लीका खलिल अहमेद र राशिक सलमाले दुई विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान एक विकेट लिए । 

जितसँगै १३ खेलबाट १२ अंक जोडेको बेंगलुरु तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक नै जोडेको दिल्ली तालिकाको छैटौँ स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २३:५०
प्रतिक्रिया दिनुहोस्