site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट पूर्वकेन्द्रीय सदस्य, वाग्मती प्रदेशसभाका पूर्वसदस्य र नेपाल तरुण दलका पूर्वमहासचिव समेत रहेका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकबाट स्व. नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरिएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्रांगणमा उनको शव राखिएको थियो । नेता कार्कीको शवमा आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

Global Ime bank

वि.सं. २०१४ वैशाख २९ गते जन्मिएका स्व. कार्कीले कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ । उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकबाट स्व. कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बैठकमा नेता स्व. कार्कीको आत्माको चिरशान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो । कांग्रेसले यस दुःखको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै समवेदना प्रकट गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC