राजनीति
काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारको पेसी तोकिएको छ ।
कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो ।
बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १८:२३
प्रतिक्रिया दिनुहोस्