site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'गिरीबन्धु टी स्टेटको भ्रष्टाचार ललिता निवासको भन्दा पनि खतरनाक हो, छानबिन हुनुपर्छ'

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा खतिवडाले गिरीबन्धु टी स्टेटको भ्रष्टाचार ललिता निवास जग्गा प्रकरण भन्दा खतरनाक रहेको पनि बताए । 

“पाँचसय बिघा रोपनीमा कन्भर्ट गर्दा ६५ सय रोपनी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रह्नलुट गर्ने काम भएको छ । यसमा सरकार चनाखो हुनुपर्छ । २०११ सालमा जग्गा हदबन्दी गरिदा उद्योग धन्दाका निम्ति कम्पनी अन्तर्गत राख्न छुट दिने नीति सरकारले लिएको थियो । २०२९ सालमा गिरी बन्धु टि स्टेटको नामा पाँचसय बिघा जग्गा कायम भएको थियो । उक्त जग्गालाई सहरीकरणको नाउँमा जग्गालाई कम मूल्यमा बेच्ने र कम मूल्यका जग्गामा सट्टाभर्ना गर्ने काम भएको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले अगाडि थपे, “२०७६ साल माघ २६ गते तत्कालीन भूमिसुधार मन्त्रालयबाट प्रधामन्त्रीको नेतृत्वमा भूमि आठौँ संशोधन गरेर दफा ११ को २ लाई सट्टाभर्ना गर्ने निर्णय गरियो । २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गरियो । राजपत्रमा पाँचसय बिघा भएको जग्गालाई हाल ३४२ बिघा कायम गरेर १५७ बिघा अन्यत्रै लगेर कौडीको भाउमा बेचेर व्यक्तिका लाभ केही मान्छेको लाभमा भ्रष्टाचार गरिएको छ । यसमा छानबिन गरिनुपर्छ ।”

यस विषयमा अनुसन्धान गर्न सत्तापक्ष नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले पनि छानबिन गर्नुपर्ने माग राखेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro