site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थाई एयरवेजले नोभेम्बरदेखि उडान पुनः सञ्चालन गर्दै

काठमाडौं । बैंककस्थित मुख्यालय रहेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले नेपालको अग्रणी एयरलाइन जीएसए— एजेन्सी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपाली बजारको लागि जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । उक्त सम्झौता अगस्ट १ देखि लागु भएको बताइएको छ ।

सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ ।

Dabur Nepal
NIC Asia

यस साझेदारीमार्फत थाई एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलोपटक उडान सञ्चालन गरेको थियो ।

थाई एयरवेज इन्टरनेसनलका चिफ कमर्सियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेसनलको काठमाडौं उडान पुनः सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे ।

“थाइल्यान्डभित्रका विभिन्न आन्तरिक तथा विश्वप्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबीसँगै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभएर दुई देशहरूबीचको आर्थिक गतिविधिलाई समेत अभिवृद्धि गर्नेछ,” उनले भने, “अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ । थाई एयरवेजको सञ्चालनमा विगतदेखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुर्याउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ ।”

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेज इन्टरनेसनलको नेपालका लागि जीएसए नियुक्त भएर काम गर्न पाउँदा हर्षित र सम्मानित भएको बताए । सोसाइटी इन्टरनेसनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससहितको स्थानीय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त रहेको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro