राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति विस्तार गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार समिति सदस्यहरू चयन गरेका हुन् ।
समिति सदस्यहरू मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरिएको उनले जनाएका छन् ।
न्यौपाने र वाग्ले सभापति देउवानिकट हुन् । गौतम र कोइराला शेखर कोइराला टिमबाट मनोनीत भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १५:५०
प्रतिक्रिया दिनुहोस्