site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी चाहेजसरी अगाडि बढ्न सकेन, निराशा र पलायन कमजोरी : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी चाहेजसरी अघि बढ्न नसकेको स्वीकार गरेका छन् ।

आजदेखि सुरु भएको छैटौँ केन्द्रीय कमिटी बैठकमा नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी पङ्क्तिमा निराशा, निष्कृयता, पलायनता जस्ता कमजोरी रहेको पनि उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो पार्टी हामीले चाहेजसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा निराशा, निष्कृयता, पलायनता जस्ता कमजोरी देखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन् । सबैभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो,” प्रतिवेदनमा उल्लेख छ, “त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि, कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनु पर्दछ । त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन सकिँदैन ।”

आत्मविश्वासको कमी, पार्टी सानो छ भन्ने लघुताभाष, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि पनि पार्टी कमजोर हुनुको कारण भएको उनको ठम्याइ छ ।

Global Ime bank

“साथै पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर बहन नगर्ने प्रवृत्ति; आत्मविश्वासको कमी, पार्टी सानो छ भन्ने लघुताभाष; प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि; विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभाव, हाम्रो प्रचार कार्य कमजोर आदि अन्य कारण हुन्,” नेपालले भनेका छन् ।

अब कमी कमजोरीहरूलाई हटाउँदै निराशालाई चिर्ने, आशा र उत्साह जगाउने काम गर्नुपर्ने उनको भनाइ छ ।

प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र पार्टीलाई एउटा असल क्रान्तिकारी कम्युनिष्ट पार्टीको रूपमा अगाडि बढाउने ठोस योजना र दृढ अठोटका साथ अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement