site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘माधव नेपालको छाया देखेर होला, एमाले नेता राष्ट्रपतिले बोलाएको बैठकमा आएनन्’ 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का नेताहरू आफ्नो पार्टीको छाया देखेर तर्सने गरेको बताएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठकमा एमाले नेता अनुपस्थित भएको भन्दै उनले आफ्नो छाया देखेर नआएको हुन सक्ने टिप्पणी गरे । मंगलबारैदेखि सुरु एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

“राष्ट्रपतिले बोलाएको बैठकमा म पनि गएको थिएँ, एमाले नेता आएनन्,” उनले भने, “एकीकृत समाजवादीको छाया भएकाले होला, माधव नेपालको छाया भएकाले होला । हाम्रो सानो चित्त छैन ।”

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro