site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको जोखिम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, इलाम, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

Global Ime bank

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । तर, यी नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वनुमान छ ।

dasmg1692676662.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement