site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्सनलको कठिन जितमा ओडेगार्डको निर्णायक गोल
Tiktok banner adTiktok banner ad

काठमाडौं । मार्टिन ओडेगार्डले पेनाल्टी सदुपयोग गर्दै गरेको गोल निर्णायक बनेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।

सोमबार सेलहस्र्ट पार्कमा घरेलु टिम क्रिस्टल प्यालेसविरुद्ध जित दिलाउन ओडेगार्डले ५३औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि आर्सनलले तीन अंक पक्का गरेको हो ।

योसँगै आर्सनल प्रिमियर लिगको नयाँ सिजनमा लगातार दुई खेल जित्ने तेस्रो टिम बनेको छ । आर्सनलअघि साविक विजेता म्यानचेस्टर सिटी र ब्राइटनले मात्रै जारी सिजनको सुरुआती दुई खेलमा जित निकालेका थिए ।

खेलको ६७औं मिनेटमा ताकेहिरो तोमियासुले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको ११औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro