site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धन स्वार्थका लागि होइन : पुन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् ।

नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको प्रथम स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सैद्धान्तिक कुरा मिलेरै गठबन्धन बनेको बताए । सत्ता गठबन्धन स्वार्थका लागि नभएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले संविधानलाई बचाउन र सुदृढ गर्नका लागि पनि आफूहरू एकै ठाउँमा रहेको जिकिर गरे । सामाजिक न्यायसहितको समृद्धि र आर्थिक विकासका लागि आफूहरू गठबन्धनमा सामेल भएको उनले उल्लेख गरे ।

“आज माओवादी, कांग्रेस हामी समकालीन केही पार्टीहरूको गठबन्धन छ । चुनावमा पनि भयौँ । सरकारमा पनि छौँ । केले होला ? यस्तै कमन कुराहरू मिलेरै होला । सैद्धान्तिक रूपले केही कुरा मिलेर नै हामी एक ठाउँमा छौँ । मात्र यो सत्तास्वार्थको लागि होइन,” उनले भने, “हामी फरक रूपले लड्यौँ । तर, शान्ति वार्ता, शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण गर्दा केही साझा विन्दुहरू बनाएका छौँ । त्यसमा हाम्रो सहकार्य हो । अहिले संविधानलाई बचाउने, यसलाई सुदृढ गर्ने, हाम्रो स्थापित लोकतन्त्रलाई अझ परिमार्जन गर्ने यसको जगमा आर्थिक विकास, समृद्धि जो न्यायोचित वितरण पनि होस् । समन्यायिक होस् । सामाजिक न्यायसहितको भन्ने कुरोमा कहीँ न कहीँ मिलेर नै हामी एक ठाउँमा छौँ । हामी मिलेरै केही समय यसलाई सुदृढ गर्ने, परिमार्जन गर्ने गर्नुपर्छ भन्ने नै म यहाँ राख्न चाहन्छु ।”

Global Ime bank

गाउँघरमा अझै विद्युत्, सडक, खानेपानी र शिक्षाको पहुँच पुग्न नसकेको उनले बताए । उनले जनतामा त्यसको पहुँच पुर्‍याउनका लागि पनि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियता, स्वाधीनतालगायत विषयमा दलहरूबीच आपसी सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय