राजनीति
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् ।
बैठक संसद्को जारी गतिरोध अन्त्यका विषयमा केन्द्रित हुने बताइएको छ । दिउँसो १ बजे अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष सिंहदरबारमा बैठक बस्नेछ ।
राष्ट्रियसभाको बैठक भदौ ५ गते (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०८:५७
प्रतिक्रिया दिनुहोस्