site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन हजार लिटर इन्धन अपचलन प्रकरण : चालकसहित दुईजना पक्राउ, पम्प सञ्चालक र हाकिम फरार
Sarbottam CementSarbottam Cement

पोखरा । तीनहजार लिटर इन्धन अपचलन प्रकरणमा कास्की प्रहरीले ट्याङ्कर चालक र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियसनका प्रतिनिधिलाई पक्राउ गरेको छ । जबकि यसमा संलग्न नेपाल आयल निगम लिमिटेडका गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख र पश्चिमाञ्चल ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक भने फरार छन् ।

यो घटना गत २५ साउनको हो । पोखरा महानगरपालिका–३० पावरहाउसस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६ नम्बरको ट्याङ्कर इन्धन बोकेर निस्किन्छ । ट्याङ्करले पोखरा महानगरपालिका–२७ मा रहेको पश्चिमाञ्चल पेट्रोल पम्पमा लगेर इन्धन भण्डारण गर्नुपर्ने थियो ।

जसै, ट्याङ्कर गन्तव्यतर्फ अगाडि बढ्यो । जिल्ला प्रशासन कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको टोलीले उक्त नम्बरको पेट्रोलियम पदार्थसहितको ट्याङ्कर खोजतलास गर्ने क्रममा उक्त ट्याङ्करलाई पोखरा–२७ डाँडाको नाक भन्ने स्थानमा फेला पार्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासनको टोलीले तत्कालै ट्याङ्करका चालक निर्मल थापालाई नियन्त्रणमा लियो । प्रशासनसहित उक्त टोलीमा गुणस्तर तथा नापतौल विभाग कास्की, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडा डिपोका कर्मचारी, स्थानीय जनप्रतिनिधिको अगाडि उक्त ट्याङ्करले बोकेको इन्धन (डिजल) मापन गरियो ।

चालकसँग उक्त ट्याङ्करमा १२ हजार लिटर पेट्रोलियम पदार्थ भरेको बिल भौचर थियो । तर, मापन गर्दा ट्याङ्करमा १५ हजार लिटर इन्धन बढी भेटियो ।

Global Ime bank

यही इन्धन अपचलन प्रकरणलाई अनुसन्धान गर्न भनेर जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र पठाएपछि चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियसनका प्रतिनिधि जगन्नाथ ढुंगानालाई पक्राउ गरेको हो । ढुंगाना एसोसिएसनमा तेल चेकजाँच गर्ने कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार उनीहरूमाथि सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । तर, बाँकी दुईजना फरार छन् । कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट चारजनालाई पक्राउ गर्ने अनुमति लिएको छ ।

फरार हुनेमा उनै नेपाल आयल निगम लिमिटेडका गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चित्तरञ्जन दास र पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पका सञ्चालक बाबुराम जम्मरकट्टेल रहेका छन् । जम्मरकट्टेल दुईपटक लेखनाथ उद्योग वाणिज्यसमेत भइसकेका व्यक्ति हुन् भने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका वर्तमान केन्द्रीय सदस्यसमेत हुन् । 

इन्धन अपचलनमा जमरकट्टेलको समेत संलग्नता पुष्टि भएपछि उनको पम्पमा त्यसको भोलिपल्टबाटै इन्धन वितरण रोकिएको छ ।

जिल्ला प्रशासनले डिपो प्रमुख दासलाई भ्रष्टाचारजन्य अपराधमा कारबाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ । तर, उनी पनि घटना भएकै दिनबाट फरार छन् । इन्धन अपचलन घटनामा दोषी भेटिएपछि आयल निगम व्यवस्थापनले पोखरास्थित डिपो प्रमुख दासलाई शुक्रबार साँझ नै निलम्बन गर्ने निर्णय गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले इन्धन अपचलन प्रकरणमा संलग्नहरूलाई भ्रष्टाचारजन्य अपराधमा कारबाही अगाडि बढाउन पत्राचार गरिएको र प्रहरीलाई चाहिँ फरक ढंगले अनुसन्धान गर्न पत्राचार गरिएको जानकारी दिए ।

उनका अनुसार उक्त दिन बढी भेटिएको इन्धनको बजारमूल्य झन्डै चार लाख ६० हजार हुन आउँछ । यसरी अपचलन गरिएको इन्धनबाट डिपो प्रमुख दासले कमिसन बुझ्ने गरेका थिए ।

कास्की प्रहरीले भने यो विषयलाई आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीका सूचना अधिकारी विकका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसुरमा इलाका प्रहरी कार्यालय हंसपुर शिसुवा कास्कीमा मुद्दा दर्ता भएको छ । पक्राउ परेकामाथि सात दिनको म्याद लिएर अनुसन्धान जारी भइरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement