site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियाल मड्रिडको जितमा बेलिंघमको दुई गोल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंघमले दुई गोल गर्दा रियाल मड्रिडले स्पेनिस ला लिगामा अल्मेरियाविरुद्ध ३-१ को जित निकालेको छ ।

शनिबार राति अल्मेरियाको मैदान पावर हर्स रंगशालामा सम्पन्न खेलमा रियाल मड्रिडलाई जित दिलाउन बेलिंघमले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपे । अल्मारेसका सर्जिओ एरिबासले एक गोल गरेका थिए ।

खेलमा पहिले अग्रता भने तेस्रो मिनेटमा एरिबासले गरेको गोलबाट घरेलु टिम अल्मेरियाले लिएको थियो । तर, अल्मेरियाको यो अग्रता लामो समय टिक्न सकेन । २० वर्षीय बेलिंघमले १९औं मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । ६०औं मिनेटमा बेलिंघमले नै गोल गरेपछि रियालले २–१ को अग्रता बनाएको थियो ।

७३औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियालको अग्रतालाई ३–१ को अग्रतामा राखेका थिए । यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा रियालले ३–१ को जित निश्चित गर्यो ।

लिगमा लगातार दोस्रो जित निकालेको रियाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन अल्मेरिया तालिकाको पुछारमा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय