site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् ।

सीसीटीभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना अनुसन्धानको दायरामा तानिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

घटनामा संलग्न देखिएका प्रहरी र कैदीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए । कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।

गएको साउन २८ गते कारागार सुरक्षा इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीविरुद्ध पाँच दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । असई चौधरीविरुद्ध शुक्रबार पुनः पाँच दिन म्याद थप गरिएको छ । अरू ११ जनाविरुद्ध पहिलो म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनामा संलग्नविरुद्ध छानबिन टोलीको प्रतिवेदनका आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक गोदारले बताए ।

घटनापछि गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।

प्रहरीले घटनालगत्तै कारागार सुरक्षामा खटिएका १० प्रहरी र चौकीदार तथा नौ कैदीलाई नियन्त्रणमा लिएको थियो । कारागारका निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

कुटपिटबाट संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ कैदीबन्दी छन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro