site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिमन्त्री भन्छन्– स्थानीय तहले सहकारीलाई मल बिक्रीको जिम्मा दिँदा गडबडी
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले केही सहकारीले किसानलाई मल बिक्री गर्ने क्रममा बदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कृषि सामग्री लिमिटेड र साल्ट टे«डिङबाट अनुदानमा मल किनेर सहकारीले व्यापारीलाई महँगोमा बेच्दा त्यसको असर किसानलाई परेको बताए ।

संघीय सरकारले मल भित्र्याउने मात्र कार्य गरेको र वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको उनले उल्लेख गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रीको जिम्मा दिँदा गडबडी भएको उनले बताए ।

मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलदेखि नेपालमा भित्रिएको भन्दै आफूहरू सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गरिएकाले करिब नियन्त्रणमा आएको जिकिर गरे ।

उनले सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro