site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गाली गरेको विषयमा हत्या, शव लुकाइयो झाडीमा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा हत्याको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८, मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन् ।

सोही ठाउँका ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । गएको साउन ३२ गते बिहान प्रहरीले सुन्दरलालको शव फेला पारेको थियो । सोही टोलको सडकनजिक झाडीमा बुट्यानले छोपेको अवस्थामा शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा हत्यामा रामजी र सुनरसीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच झगडा भएको थियो । साउन ३१ गते साँझ मादकपदार्थ सेवन गरी एक्लै हिँडिरहेका सुन्दरलालले रामजी र सुनरसीलाई गालीगलौज गरेका थिए ।

सोही कारण भएको झगडाका क्रममा फलामको खन्ती र सिकल प्रहार गरी उनको हत्या गरिएको थियो । त्यसपछि शव उक्त झाडीमा लगेर छोपिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro