site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : चन्द
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्‌मा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गरे । छिट्टै संसद् बैठक सञ्चालन हुने विश्वास समेत व्यक्त गरे ।

“...गभरमेन्ट र अपोजिसनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे ! अब यो, प्रधानमन्त्रीजीले लिडर अफ अपोजिसनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो, निकाल्नुहोला,” उनले भने ।

फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टीभित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधानभित्रै रहेर हुने बताए ।

उनले भने, “अब, राप्रपाभित्र साथीहरूको केही गुनासो थियो, त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरू नियम र विधानअनुसार हुन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro