site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म्यानपावरको काम गर्ने शैक्षिक परामर्श संस्था सरकारको निगरानीमा छन् : श्रममन्त्री भण्डारी
फाइल तस्बिर।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले शैक्षिक परामर्श संस्थाहरुले म्यानपावरको काम गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजना भएको ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताए ।

विदेशमा अध्ययनको लागि जानेहरुलाई शैक्षिक परामर्श दिने संस्थाहरुले मेनपावरको काम गरेको भन्दै उनले असन्तुष्टि जनाए । मेनपावरले गर्ने काम शैक्षिक परामर्श संस्थाहरुले गर्न नहुने भन्दै मन्त्री भण्डारीले उक्त विषयमा श्रम मन्त्रालय र सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

Dabur Nepal
NIC Asia

वैदेशिक रोजगारमा गएर अलपत्र पर्नेहरुमा ९० प्रतिशत मानिस भिजिट भिसा र व्यक्तिगत भिसामा गएका रहेको पनि उनले उल्लेख गरे । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा संस्थागत हिसाबमा जाने नेपालीहरु अलपत्र नपरेको दाबी गरे ।

पछिल्लो समय युद्धरत देशहरुमा पनि नेपालीहरु गएको अवस्था देखिरहेको भन्दै मन्त्री भण्डारीले युद्धरत देशमा कसरी नेपालीहरु पुगे भन्ने विषयमा सरकार गम्भीर रहेको बताए । उनले यस्तो अनियमित कामलाई नियमित गरी गलत गर्नेलाई कारबाही गर्ने गरी सरकार अगाडि बढेको बताए ।

मन्त्री भण्डारीले मधेसका कतिपय नागरिकलाई कुन देश कहाँ हो भन्ने थाहा नभएको भन्दै उनीहरुलाई गाउँघरकै मानिसहरुले काठमाडौंमा ल्याएर छोड्ने र काठमाडौंमा ठगेर बस्ने गरिरहेको बताए ।

“वैदेशिक रोजगारमा गएर अलपत्र पर्नेहरुमा अधिकांश ९० प्रतिशत मानिस भिजिट भिसा र व्यक्तिगत भिसामा गएका छन् । संस्थागत हिसाबमा गएकाहरु यसरी अलपत्र परेका छैनन्,” उनले भने, “युद्धरत देशहरुमा पनि नेपालीहरु गएको अवस्था देखिरहेको छ । यसबारेका अनियमितलाई नियमित गरी गलत गर्नेलाई कारबाही गर्ने गरी हामी अघि बढेका छौँ ।”

श्रममन्त्री भण्डारीले स्वदेशको श्रम क्षेत्रमा देखिएका विद्यमान समस्या र त्यसको समाधानका लागि अनलाइन प्रणाली निकै प्रभावकारी हुने बताए । सरकारले पारिश्रमिक नपाउने तथा कम पाउने समस्या विद्यमान रहेको भन्दै उनले अब अनलाइनमार्फत नै उजुरी गरेको खण्डमा तत्काल कारबाही गर्न सजिलो हुने दाबी गरे ।

शुक्रबारदेखि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवा शुक्रबारदेखि एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (लेमिस)मार्फत हुने भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro