site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणका ग्राहक बढे, बिजुली उत्पादन घट्यो : भारतबाट आयात बढेसँगै नाफामा कमी
SkywellSkywell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्यामा वृद्धि भएको छ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा निर्देशक कुलमान घिसिङले सार्वजनिक गरेको प्रतिवदेनमा आर्थिक वर्ष (आव) २०७९/८० मा ७.७६ प्रतिशत ग्राहक बढेको उल्लेख छ । 

आव २०७८/७९ मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आव २०७९/८० मा ७.७६ प्रतिशले बढेर ५१ लाख ३० हजार पुगेको प्रतिवेदनमा जनाइएको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका पाँच लाख १० हजार ग्राहकसहित राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको छ ।

KFC Island Ad
NIC Asia

प्राधिकरणका अनुसार हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवं सौर्य विद्युत्बाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । आगामी दुई वर्षभित्र सबै जनतालाई विद्युत्को पहुँच पुऱ्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको घिसिङले बताएका छन् । 

ग्राहको संख्या बढेपनि विद्युत् उत्पादन भने घटेको छ । गत वर्ष सुक्खा याममा नदीहरूमा जलप्रवाहको स्तर घटेकाले प्राधिकरणको जलविद्युत् गृहहरूबाट कुल दुई अर्ब ९३ करोड युनिट विद्युत् उत्पादन भएको प्रतिवेदनमा उल्लेख ५छ । जुन आव २०७८/७९ को तुलनामा १०.१० प्रतिशतले कम हो ।

Royal Enfield Island Ad

प्राधिकरणले भारतबाट गत आवमा एक अर्ब ८३ करोड युनिट विद्युत् आयात गरिएको छ । जुन आव २०७८/७९ को तुलनामा १८.७९ प्रतिशतले बढी रहेको घिसिङको प्रतिवेदनमा उल्लेख छ । 

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा विद्युत् खपत ५.५० प्रतिशतले वृद्धि भई ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।

प्रणालीको विद्युत चुहावट आव २०७९/८० मा १३.४६ प्रतिशतमा रहेको छ । जुन आव २०७८/७९ को तुलनामा १.९२ अङ्कले कमी हो । प्राधिकरणको इतिहासमा यो नै अहिलेसम्मको कम चुहावट भएको घिसिङको भनाइ छ । 

प्राधिकरणको नाफा पनि कमी आएको छ । स्वदेशी जलविद्युत गृहहरूबाट विद्युत उत्पादन घट्न गएकाले आयातित विद्युत ऊर्जाको परिमाण बढ्न जाँदा आव २०७९/८० मा प्राधिकरणको खुद नाफा आव २०७८/७९ तुलनामा ७.७६ प्रतिशले कमी आई १२ अर्ब ३३ करोड हुन गएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro