site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरमा नयाँ कार्यसमिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगत ३० वर्षदेखि नेपाली संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ । काठमाडौंको थापाथलीमा सम्पन्न वार्षिक साधारण सभाले गीतकार तथा साहित्यकार वसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, कार्यसमिति सदस्यहरूमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ (रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ । 

नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार वसन्त चौधरी रहेका छन् । यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रूपमा चौधरीले काम गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय