site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ : वामदेव गौतम
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै उनले भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

जथाभावि जमिनमा खनजोत गर्न नहुने भन्दै उनले जतिधेरै डोजरको प्रयोग गरिन्छ, उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए ।

Global Ime bank

“भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ,” उनले भने, “बाढी, पहिरो आउँछ, यस सम्बन्धमा ध्यानै गएको छैन । यसपटक १६औँ योजनामा यो समावेश गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement