site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेले सरकार बाहिर बस्नै नसक्ने मानसिकता राख्यो : अर्थमन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा (एमाले)ले निरन्तर संसद् अवरुद्ध गरेर सरकार बाहिर बस्नै नसक्ने मानसिकता राखेको टिप्पणी गरेका छन् ।

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले यस्तोे समय–समयमा अनावश्यक बहानामा संसद् अवरुद्ध गर्दै सरकार बाहिर बस्न नसक्ने मानसिकता एमालेले देखाउनु राम्रो नभएको बताए ।

उनले संसद् भनेको समसामयिक विषयमा सहन रूपमा छलफल गर्ने, ऐन कानुनहरू बनाउने थलो भएपनि त्यस्तो बन्न एमालेले नदिएको बताए । सरकारले संघीयताको मर्मअनुसार ऐन कानुनहरू बनाउने संसद्‌मा विधेयक प्रस्ताव गर्ने तयारीमा भएपनि एमालेले संसद् अवरुद्ध गर्दा नसकिएको उनको भनाइ छ ।

उनले भने, "संसद भनेको जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरूले समसामहिक विषयमा गहन रूपमा छलफल गर्ने थलो हो । ऐन, कानुनहरू बनाउने थलो हो । कतिपय ऐनहरू सरकारले संघीय संरचनाअनुसार परिमार्जित गर्नुपर्ने छ । संघीय व्यवस्थालाई बलियो बनाउँछौँ । धेरै कानुनी विधेयकहरू संसद्‌मा प्रस्ताव तयारीमा सरकार लागेको छ । तर, प्रतिपक्ष एमालेले संसद्‌मा छलफल गर्न दिएन । हरेक पटक केही न केही बहानामा संसद्लाई बन्दी बनाइराखियो भने यी कुराहरू अगाडि बढ्दैनन् ।"

अर्थमन्त्री महतले सहज रूपमा सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार भएको भन्दै सांसदहरूले जसलाई बहुमत दिएर सरकार बनाउँछ त्यसलाई सहज रूपमा स्वीकार गर्नु एमालेले सक्नुपर्ने बताए । सरकारमा नहुने बित्तिकै संसद्लाई असहज बनाउने मानसिकता राख्न नहुने उनको भनाइ थियो । नेपाली कांग्रेस प्रतिपक्षमा बस्दा कहिल्यै पनि संसद् अवरुद्ध गर्ने काम नगरेको उनले बताए ।  

उनले भने, "संघीयता, संघीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि हो । सरकारप्रति असहमति रहेका विषयमा संसद्‌माभित्रै छलफल गरेर निस्कर्षमा पुग्नुपर्छ ।"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro