site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ । सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro