देश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ धेरैपटक सर्दै आएको छ ।
लामिछाने पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।
जिल्ला अदालतले आज फैसला दिने आकलन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १०:५४
प्रतिक्रिया दिनुहोस्