site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो अवस्थामा पड्किन्छ सिलिन्डर ?

काठमाडौं । सिलिन्डर तपाईं–हामी सबैले देखेकै छौँ । खाना पकाउने एलपी ग्यास सिलिन्डर धेरै मानिसको घरमै हुन्छ । हिजोआज खाना पकाउन अधिकांशले एलपी ग्यास नै प्रयोग गर्ने गरेका छन् ।

ग्यास र सिलिन्डरको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ ।

नेपाल ग्यासले सिलिन्डर साधारण अवस्थामा नपड्किने पनि जनाएको छ । सिलिन्डर विस्फोट हुन विशेष परिस्थिति सिर्जना हुनुपर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल ग्यासका अनुसार अरू कारणबाट आगलागी भई बलिरहेको आगोको लप्कामा धेरै समयसम्म सिलिन्डर रहँदा तातिएर त्यसभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र पड्कने सम्भावना हुन्छ ।

“सिलिन्डर साधारण अवस्थामा पड्किँदैन । अन्य कारणबाट आगलागी भई जब सिलिन्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिन्डर तातिएर सिलिन्डरभित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ, यस्तो अवस्थामा मात्र सिलिन्डर पड्कने सम्भावना हुन्छ,” नेपाल ग्यासले भनेको छ ।

qiwfmmg1692246173.jpg

सिलिन्डरको प्रयोग गर्दा सावधानी अपनाउन पनि नेपाल ग्यासले सचेत गराएको छ । नेपाल ग्यासका अनुसार सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडालगायत सामग्री राख्न हुँदैन ।

सिलिन्डरमा सधैँ एनएस/बीआईएस चिह्न भएको गुणस्तरीय रबर ट्युबको प्रयोग गर्नुपर्छ । हरेक दुई वर्षमा त्यो रबर ट्युब फेर्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।

यो पनि पढ्नोस्–

ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ? 

याद गर्नुहोस्– ग्यास सिलिन्डरलाई घामपानी, उच्च ताप आउने स्थानमा नराख्नुहोस्

सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

ग्यास ‘लिक’ भएमा के गर्ने ?

भान्सामा यसरी जोगाउन सकिन्छ ग्यास

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्