
काठमाडौं । इलामबाट प्रहरीले साढे ३२ लाख रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा १७ किलो चार सय ग्राम चाँदी र पाँच किलो सुनको जलप लगाएको गहना र मालासहित नियन्त्रणमा लिएको हो ।