site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताएका छन् ।

बुधबार सिंहदरबारमा भएको महालेखा परीक्षकको कार्यालयको कामबारेको छलफलमा उनले राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने बताए ।

KFC Island Ad
NIC Asia

“हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान अभियानमा छौँ । सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण सर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ । इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ । यो स्थितिलाई बदल्नैपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ ।”

उनले राज्यका अंगहरु जिम्मेवार नभएसम्म सुशासन, पारदर्शिता र जवाफदेहितामा प्रगति हासिल गर्न नसकिने बताए ।

Royal Enfield Island Ad

“राज्यका अंगहरू जिम्मेवार नभइकन सुशासन, पारदर्शिता र जवाफदेहितामा अपेक्षित प्रगति हासिल गर्न सकिँदैन,” प्रधानमन्त्रीले भने, “तपाईँहरूले जसरी यो वर्ष विगतभन्दा प्रभावकारी लेखापरीक्षणको योजना बनाउनुभएको छ, त्यसमा सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ ।”

कार्यक्रममा महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro