site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै परिसूचक राताम्य, २०२५ बिन्दुमा नेप्से
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेको हो । एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

म्युचुअल फण्ड, ऋणपत्र र सेयर गरी  २६९ धितोपत्रको ४८ लाख ३८ हजार १०६ कित्ता खरिद–बिक्री भएको छ । माउन्टेड हाइड्रोपावर नेपाल लिमिटेड र श्यत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको आठ करोड ४१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको सात करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.८५ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro