site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई लाख घुस रकमसहित विष्णुपुरका लेखापाल र अपरेटर अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार पक्राउ गरेको हो ।

लेखापाल यादवको साथमा एम.आई.एस. अपरेटर वीरेन्द्रकुमार यादवलाई पनि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

"लेखापाल टेकनारायण यादव र एम.आई.एस. अपरेटर वीरेन्द्रकुमार यादवलाई सेवाग्राहीबाट नगद दुई लाख रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र तीन लाख रुपैयाँको चेकसहित राजविराज नगरपालिका–३, त्रिभुवन चोकबाट साउन ३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ," अख्तियारले बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro