site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले फेरि संशोधन गर्‍यो द्रुतमार्गको डीपीआर, लागत खर्च दुई खर्ब ११ अर्बभन्दा बढी
फाइल तस्बिर ।

काठमाडौं । सरकारले महत्त्वाकांक्षी आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’को डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) फेरि संशोधन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डीपीआर संशोधन गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाह्रखरीलाई बताए ।

“द्रुतमार्गको डीपीआर संशोधन गरिएको छ । संशोधन हुँदा कुल लागतमा दुई अर्ब दुई करोड रुपैयाँ घटेको छ,” मन्त्री ज्वालाले भने, “सुरुङमार्ग र पुलको संख्या थप गरिएकोले सडकको लम्बाई घटेको छ । जसले गर्दा लागत कम भएको छ ।”

Dabur Nepal
NIC Asia

यसअघि द्रुतमार्गको डीपीआरमा उक्त आयोजनाको लागत दुई खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ उल्लेख गरिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले डीपीआर संशोधन गरेपछि द्रुर्तमार्गको लागत दुई खर्ब ११ अर्ब ९ करोड ५३ लाख रुपैयाँ कायम गरिएको छ ।

“द्रुतमार्गको लम्बाई घट्दा अब यात्रा गर्दा लाग्ने समय पनि घट्छ,” मन्त्री ज्वालाले भने ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आयोजना द्रुतमार्ग निर्माण गर्ने जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ ।भौतिक मन्त्रालयको बजेटमा सेनाले द्रुतमार्ग निर्माणको कार्य गर्दै आएको छ ।

सरकारले ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’ निर्माणको जिम्मा नेपाली सेनालाई दिएको ६ वर्ष बितेको छ ।

२०७४ वैशाख ३१ को मन्त्रिपरिषद्को बैठकले द्रुतमार्ग निर्माण चार वर्षमा सम्पन्न गर्न भन्दै सेनालाई दिने निर्णय गरेको थियो ।

२०७४ असार ८ गते मन्त्रिपरिषद्ले आयोजना सञ्चालन कार्यविधि २०७४ स्वीकृत गरेपछि सेनाले द्रुतमार्गको निर्माण कार्य सुरु गरेको हो ।

चार वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजना ६ वर्ष बित्दा पनि सकिएको छैन । सो अवधिमा भएको भौतिक र वित्तीय प्रगति हेर्ने हो भने द्रुतमार्ग सम्पन्न हुन अझै केही वर्ष लाग्छ ।

नेपाली सेनाका अनुसार २०८० जेठ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २३.४५ प्रतिशत र वित्तीय प्रगति २५.६४ प्रतिशत मात्र भएको छ । पछिल्लो ६ वर्षमा द्रुतमार्ग निर्माणमा ४४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

सेनाले समयमै द्रुतमार्गको कार्य सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप्नु परेको मात्र छैन डीपीआर पनि संशोधन गर्नु परेको छ ।

सुरुको चार वर्षमा द्रुतमार्गको काम नसकिएपछि यसको म्याद २०८१ मंसिरसम्म थपिएको थियो । यो अवधिमा पनि काम नसकिने पक्का भएपछि म्याद सकिनु १८ महिनाअगावै गत वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले द्रुतमार्गको म्याद २०८३ चैत मसान्तसम्मको लागि थपेको थियो ।

सुरुमा द्रुतमार्गको लागत अनुमान ९८ अर्ब थियो । त्यसपछि एक खर्ब १६ अर्ब हुँदै एक खर्ब ७५ अर्ब रुपैयाँ पुग्यो । मंगलबार दुई खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागतबाट दुई खर्ब ११ अर्ब ९ करोड ५३ लाख रुपैयाँमा झारिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro