site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीमा ‘टेढिएका’हरूलाई फकाउँदै एमाले, भीम रावललाई जिम्मेवारीमा फर्काउने प्रयास
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले पार्टीमा निष्क्रिय रहेका नेताहरूबारे ‘छिनोफानो’ गर्ने नीति अख्तियार गरेको छ । एमालेले पार्टीमा निष्क्रिय रहेका नेताहरूलाई सोधपुछ गर्न थालेको हो ।  

पार्टीमा रहे भूमिका निर्वाह गर्न आग्रह गर्ने नभए बिदा गर्ने नीति अख्तियार गरिएको एक पदाधिकारी बताउँछन् । 

सोमबार बसेको सचिवालय बैठकले पार्टीमा रहेर पनि असन्तुष्ट रहेका नेताहरूसँग संवाद गर्ने र सकारात्मक रूपमा अघि बढे जिम्मेवारी दिने  निर्णय गरेको थियो । लगत्तै आज अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलसँग संवाद गरे । पार्टी कार्यालय च्यासलमा दुई नेताबीच दुई घण्टा लामो 'भलाकुसारी' भएको छ । संवाद सकारात्मक रहेको र फेरि संवादको गर्ने सहमति भएको रावलको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रोबीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ,“ रावलले भेटपछि भने ।

महाधिवेशनले कुँडिएको मन

Global Ime bank

रावल लामो समय एमालेको तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको साथमा थिए । तर, पार्टी विभाजनको अन्तिम क्षणमा नेपाललाई उनले साथ दिएनन् । १० बुँदे सम्झौतामा अडिग रहे र एमालेमा नै बसे । 

२०७८ मंसिरमा सम्पन्न  सम्पन्न १०औँ महाधिवेशनले ओली–रावलबीच फाटो ल्यायो । १०औँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । उनले रावललाई आफ्नो उपाध्यक्ष बन्न आग्रह गरे । तर,  ओलीको चाहनामा रावलले अड्को थापे ।

ओलीको प्रस्ताव अस्वीकार गर्दै दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्ष पदको उमेदवार बने । ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गर्न तयार भए । महाधिवेशनबाट ओली अध्यक्षमा चुनिए । त्यसपछि रावलले केन्द्रीय सदस्य पनि अस्वीकार गरे । उनी पार्टीको कुनै भूमिकामा बस्न माननेन् । 

महाधिवेशनमा आफूले राखेको प्रस्ताव अस्वीकार गर्दा ओलीको मन कुँडिएको नेताहरू बताउँछन् । ०७९ को मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ओलीले रावललाई टिकट दिएनन् । उक्त क्षेत्रमा माओवादी पृष्ठभूमिका झपट बोहोराले टिकट पाएका थिए । 

निर्वाचनमा रावल आफू उमेदवार बनेनन् । पार्टीका उमेदवारलाई पनि सघाउन लागेनन् ।

उनले पार्टी अध्यक्ष ओलीले आफूसँग भेट्दै नभेटेको गुनासो सार्वजनिकरूपमै गरेका थिए । उनको गुनासोपछि एमालेले उनीसँग वार्ताका लागि कार्यादल नै बनाएको थियो । 

०७९ चैत १८ गते बसेको सचिवालय बैठकले उनलाई पार्टीको जिम्मेवारीमा फर्काउन उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा पार्टीका सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा थिए । 

कार्यदलले एक चरणमा वार्ता पनि गरेको थियो । दोस्रो चरणको वार्ता अध्यक्ष ओलीसँग गर्ने भनिएको थियो । तर, लामो समय संवाद हुन सकेको थिएन । आज संवादहीनता तोडिएको हो । 

नेताहरू भन्छन्– संवादहीनता तोडिनु नै उपलब्धि

एमाले नेताहरूले दुई नेताबीचको छलफललाई सकारात्मकरूपमा लिएका छन् । दुई नेताबीचको संवादहीनता तोडिनु नै उपलब्धि भएको नेताहरूको भनाइ छ । 

“पहिलो भेटमा छिनोफानो हुने कुरा त भएन । हिजो सचिवालय बैठकमा उहाँ पोजिटिभ भए कुरा अघि बढाउनेबारे र जिम्मेवारी दिने विषयमा छलफल भएको थियो,” एक पदाधिकारी भन्छन्, “भेट भयो राम्रो कुरा हो । अब के जिम्मेवारी दिने भन्नेबारे सचिवालय बैठकमा छलफल भएर टुंगो लाग्छ ।”

ओलीले लामो समय रावललाई भेट्नै चाहेका थिएनन् । रावलसँग भेट्नका लागि 'कन्भिस' गराउनै ओलीलाई समय लागेको ती पदाधिकारीको भनाइ छ । 

“अहिले पदबारे छलफल भएको छैन । भेट्ने वातावरण मिल्नु नै ठूलो कुरा हो । अध्यक्षले भेट्नै चाहनुभएको थिएन । महाधिवेशनमा उपाध्यक्ष बस्नुस् भन्दा रावलजीले मान्नुभएन । त्यसले अध्यक्षको मन भाँचिएकै थियो,” ती नेता सुनाउँछन्, “हामीले छफल गर्नुपर्छ भनेपछि अध्यक्ष कन्भिस हुनुभयो ।” 

'मिसन ०८४' अर्थात् आगामी निर्वाचनलाई ध्यान दिएर पार्टीभित्र असन्तुष्ट रहेकाहरूलाई फकाउने कोसिसमा लागेको एक पदाधिकारी सुनाउँछन् । 

“मिसन ०८४ पनि भन्ने आफ्ना बांगिएका टेढिएकालाई सोझ्याएन भने प्रतिफल कसरी प्राप्त हुन्छ त ? बांगिएका टेढिएकाहरूलाई सोझाउने प्रयत्न गर्दै छौँ,” ती नेताले बाह्रखरीसँग भने, “पार्टी छाडेकाहरूलाई पर्खाउने अभियानमा छौँ । माधव नेपालको पार्टी नै मिलाउँछौँ । नमिल्ने अवस्थामा उनीबाहेकका कार्यकर्ता पार्टीमा ल्याउँछौँ ।”

रावललाई पार्टीमा ल्याउन 'ग्रास रुट' अभियानका क्रममा पनि सुझाव आएकाले संवाद अघि बढाइएको ती नेताको भनाइ छ । 

“उहाँको कुरै बुझिनसक्नु थियो । एमाले छाडे पनि नभन्ने, चुनावमा एमालेलाई सहयोग पनि नगर्ने । त्यसले गर्दा सुदूरपश्चिममा ५–७ सिटमा प्रभाव पार्‍यो,” ती नेता भन्छन्, “सुदूरपश्चिम कमजोर भएको छ । भीम रावल अलग गुट बनाएर बसिरहनुभएको छ । ग्रासरुट लेभलबाट पनि ल्याउनुपर्छ भन्ने छँदै थियो ।”

रावल पार्टीमा रहन तयार रहेको बुझिएको अर्का एक नेताले सुनाए ।

“उहाँ के गर्नुहुन्छ होला भन्ने थियो । पार्टीमा रहनेमा सहमत नै देखिनुभयो । जिम्मेवारीबारे अब छलफल हुन्छ,” उनले भने ।

एमालेले निष्क्रिय रहनेहरूलाई पार्टीबाट बिदाइ गर्ने निर्णय गरेको छ । सोमबारको सचिवालय बैठकले केन्द्रीय सदस्यहरू केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय सदस्यबाट बिदा गरेको छ । यादव माओवादी निकट भएको र स्थापित निष्क्रिय रहेकाले बिदा दिएको एक नेताले बताए । विदेशमा रहेका केन्द्रीय सदस्य तारा राईका बारेमा पनि छिट्टै निर्णयमा पुग्नेबारे हिजोको बैठकमा छलफल भएको छ । 

त्यस्तै, बैठकले पार्टीको काममा बिदा रहेका स्थायी कमिटी सदस्य मणि थापालाई पनि सोधपुछ गर्ने निर्णय गरेको छ । “मणि थापाजी पार्टीमा वैचारिक रूपले असन्तुष्ट हुनुहुन्थ्यो । उहाँलाई सोधपुछ गर्छौं,” एक नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement