site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैदिन हराएका तीनमध्ये दुई बालिका काठमाडौंमा भेटिए

पोखरा । गत साउन १९ गतेदेखि हराइरहेका तीन बालिकामध्ये दुई जना काठमाडौंमा रहेको खुलेको छ । बालिकालाई लिन आफन्तहरू काठमाडौं जाँदै छन् । विद्यालय जान्छु भनेर हिँडेका १३ वर्षका एक र १४ वर्षका दुई बालिकाहरू सम्पर्कमा थिएनन् ।

हराइरहेका तीन बालिकामा १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार छन् । उनीहरूमध्ये १४ वर्षीय मनिका र राधिका परियार भने परिवारको सम्पर्कमा आएका हुन् ।

मनिकाकी आमा सीता परियारका अनुसार बालिकाहरू काठमाडौं रहेको थाहा पाएपछि आफूहरू पनि काठमाडौं जाँदै गरेको बताइन् । “हिजो खबर पाएका हौँ । राधिका र मनिका काठमाडौंमा रहेछन् । हामी लिन जाँदै छौँ,” उनले भनिन् ।

मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन् । बेपत्तामध्येकी अर्की बालिका एलिसा परियारको बारेमा भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आफ्ना आफन्तहरूसँगको कुराकानी गर्दा त्यहाँ पनि बालिकाहरू नभएपछि बालिकाका आफन्तहरूले प्रहरीमा उजुरी दिएका थिए ।

हराइरहेका भनिए पनि मनिका र राधिकाको भने परिवारसँग कुराकानी भइरहेको थियो । यी दुवैजना पोखराको राष्ट्रिय मावि टुँडिखेलमा अध्ययन गर्थे ।

उनीहरू काठमाडौंस्थित एक आयुर्वेदिक पसलमा कार्यरत रहेको बताइएको छ । एलिसा पनि सँगै काठमाडौं गएको र त्यसपछि सम्पर्कविहीन छन् ।

एलिसा विन्ध्यावासिनी माविमा अध्ययनरत थिइन् ।

परिवारका अनुसार उनीहरू हराउँदा बखत तीनैजना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए । परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, स्टमित्रसमेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro