राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको गुनासो गरेका छन् ।
मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको दाबी गरे ।
उनले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने पनि बताए । आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरूसँग कुरामात्र गरेको उनको भनाइ छ ।
पूर्वसभामुखसमेत रहेका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताए पनि हालसम्म प्रहरीले नबोलाएको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १७:११
प्रतिक्रिया दिनुहोस्