site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुगु जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो
प्रतीकात्मक तस्बिर ।

मुगु । मुगुमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार भएको दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुंगानाले जानकारी दिए ।

उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याइँदै गर्दा घाइते नेपालीको बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी यसअघि हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपगाउँका राम परियार, प्रकाश बोहोरा, अर्का राम परियार र पिउस परियारको मृत्यु भएको थियो ।

सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सोमबार अपराह्न ४ बजे सोरु–७, चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट २०० मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro