काठमाडौं । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय न्यायिक समिति छिट्टै बनाउन माग गरेको छ । आज बसेको सचिवालय बैठकपछि न्यायिक समिति बनाउन ढिलाइ गर्दा प्रमाण नष्ट हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
“यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य छ,” ज्ञवालीले भने, “जति ढिलो हुँदैछ । प्रमाणहरू नष्ट हुने । सीआईबीले गोदाम छापा मार्छ कारखाना भेटिन्छ, सुन भेटिदैन । संलग्नहरू फरार भएका छन् । विदेश पुगेका छन् । उच्चस्तरीय न्यायिक समिति बनाएर यसको जरैसम्म पुगेर निर्मुल गरिनुपर्छ ।”
नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल हुने र राष्ट्रिय सुरक्षामा जोखिम हुने ज्ञवालीको भनाइ छ । सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षी आवाज दबाउन खोजेको उनको आरोप छ ।