site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैदी मृत्यु प्रकरण : थप चार प्रहरीसहित जेलरलाई नियन्त्रणमा लिने तयारी

काठमाडौं । संखुवासभामा कारागारका कैदीद्वय विनोद तोलांगी र आकाश बलामी मृत्यु प्रकरणमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।

यसअघि, सो प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाइ जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद समेत लिएको छ ।

असई चौधरीले दिएको बयान र कारागार परिसरको सीसीटीभीमा देखिएको दृश्यका आधारमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको संखुवासभाका प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

प्रहरीबाहेक पीडितका आफन्तको किनाटी जाहेरीका आधारमा जेलर राजेन्द्र घिमिरेविरुद्ध समेत अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार (हिजो) घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको डीएसपी गोदारले बताए । मृतकका आफन्तले गएको शनिबार जेलरसहित डिउटीमा खटिएका प्रहरीविरुद्ध जाहेरी दिएका थिए ।

जेलर घिमिरेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । “घटना राति साढे १ बजेतिरको हो, म घरमा थिएँ । प्रहरीका असईले मलाई दुईजना कैदी भाग्न खोजेपछि नियन्त्रणमा लिएर राखेका छौँ भनेर जानकारी दिए । बिहान मात्रै उनीहरू घाइते भएर अस्पताल लगिएको थाहा पाएँ । यसमा मेरो के कमजोरी भयो ?,” घिमिरेले प्रश्न गरे, “अहिले मविरुद्ध समेत पक्राउ पुर्जी आयो भन्छन्, म अचम्ममा परेको छु ।”

अहिले घिमिरेलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा विमल पौडेललाई जिम्मेवारी दिइएको छ ।

यही साउन २४ गते बिहान करिब १ बजे कैदी २० वर्षीय तोलांगी र २७ वर्षीय बलामीले कारागारको ब्लकको झ्यालको रड काटी भाग्ने प्रयास गरेका थिए ।

डिउटीमा रहेका प्रहरीले त्यो देखेपछि कारागार प्रशासन समेतलाई जानकारी गराइएको थियो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अरू कैदी तथा प्रहरीले कुटपिट गरेका जनाइएको छ ।

घाइते दुवैको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro