राजनीति
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् ।
यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १०:३२
प्रतिक्रिया दिनुहोस्